Nepali song "laajko lali (लाजको लाली)" by "Udit Narayan and Malika Karki"

Nepali song of Udit Narayan and Malika Karki
Artist/Singer: Udit Narayan and Malika Karki (उदित नारायण र मलिका कार्की)
Album: Upama (Upahaar vol 2)
Genre: Pop, Romantic Love
Posted on: 29th August, 2013
Public views: 1463 times
Lyrics: Available
Rating: (8 Votes)
(लाजको लाली बोकेर आईदेऊ न
प्रितको बिहान ओढि छाईदेऊ न )२
(मोहनी मुस्कान लिपेर आउँदा )२
(मायाको मुहान बोकी ल्याईदेऊ न )२

(मनको फूल साँचेर आईदेऊ न
मायाको माला गाँसेर लाईदेऊ न )२
(दुखको काँडा फालेर अब )२
प्रेमको कसम (हाँसेर खाईदेऊ न )
मिलनको घुम्टो ओढि आईदेऊ न
बतासको बाटो गरि छाईदेऊ न
(पिडाको पहाड फोरेर आजै )२
(मायालु सुबास बनि छाईदेऊ न )२

(मनको क्षितिज काटेर आईदेऊ न
मुटुको दैलो ठेल्नलाई आईदेऊ न )२
(नाताको माला उनेर अहिल्यै )२
खुसीको भैलो (खेल्नलाई आईदेऊ न )२
जोवनको लहर छोपेर यहाँ
@ npsongs.com
मायाको खेती तिमी लाईदेऊ न
(जीवनको अक्षर कपेर मनमा )२
प्रेमको निशान बनि लेखाईदेऊ न
लाजको लाली बोकेर आईदेऊ न
मायाको मुहान बोकी ल्याईदेऊ न...

If you are looking for other songs of Udit Narayan And Malika Karki than listed above, please submit your song request in our Nepali songs page of Facebook.