Nepali song "khali (खली)" by "Prakash Timilsina"

Nepali song of Prakash Timilsina
Artist/Singer: Prakash Timilsina (प्रकाश तिमल्सिना)
Musician: Rajan Raj Shiwakoti
Lyricist: Rajan Raj Shiwakoti
Genre:
Posted on: 20th February, 2014
Public views: 1606 times
Lyrics: Available
Rating: (34 Votes)
(आखिर मलाई झुक्याएर...)२
अर्कैसँग चलि हजुर मान्छे रैछे खली
माया गरे जस्तो मलाई गर्थी अलि अलि
सोजीसाजी भन्ठानेको मान्छे रैछे खली
(आखिर मलाई झुक्याएर...)२
अर्कैसँग चलि हजुर मान्छे रैछे खली
हजुर अर्कैसँग चलि

[(सिन्दुर छेकी मेरो पोते छेकी )२
घाइते मनमा मेरो आगो सेकी ]२
(मेरै सामु हाँसी हाँसी )२
उसको आँगन टेकी त्यहाँ खै के देखीदेखी
जोवन उसकै नाममा लेखी
माया गरे जस्तो मलाई गर्थी अलि अलि
सोजीसाजी भन्ठानेको मान्छे रैछे खली
(आखिर मलाई झुक्याएर...)२
अर्कैसँग चलि हजुर मान्छे रैछे खली
हजुर अर्कैसँग चलि

[(आशै जलाई मेरो बासै जलाई )२
घरै जलाई मेरो वनै जलाई ]२
(आखिर मेरो जिन्दगीमा )२
हुरी बतास चलाई सलाई जलाई आगो लगाई
मलाई मरे तुल्य गराई
माया गरे जस्तो मलाई गर्थी अलि अलि
सोजीसाजी भन्ठानेको मान्छे रैछे खली
(आखिर मलाई झुक्याएर...)२
अर्कैसँग चलि हजुर मान्छे रैछे खली
हजुर अर्कैसँग चलि