Nepali song "gayeu timi hami (गयौ तिमी हामी)" by "Nisha Deshar"

Nepali song of Nisha Deshar
Artist/Singer: Nisha Deshar (निशा देशार)
Musician: Hari Lamsal
Lyricist: Sagar "Udash"
Genre: Sentimental
Posted on: 26th February, 2014
Public views: 618 times
Lyrics: Available
Rating: (2 Votes)
(गयौ तिमी हामी बिचको नाता टुटाएर
मलाई रुवाई पराईसँग साईत जुराएर )२
साईत जुराएर नाता टुटाएर...
मेरो लास मर्स्यांग्दीको तीरमा पुर्‍याएर...
गयौ तिमी हामी बिचको नाता टुटाएर...

(तोड्नु रहेछ आखिर नाता साइनो किन जोड्यौ )२
जिन्दगीको जटिल मोडमा (आज एक्लै छोड्यौ )२
आउँछु भनि जीवनभरलाई गयौ कुराएर
गयौ कुराएर नाता टुटाएर...
मेरो लास मर्स्यांग्दीको तीरमा पुर्‍याएर...
गयौ तिमी हामी बिचको नाता टुटाएर...

(आउनु तिमी पिताम्बरले बेरिएको हेर्न )२
मलामीले मेरो चिता (घेरिएको हेर्न )२
रम्नु तिमी पराईसँगै धोको पुर्‍याएर...
धोको पुर्‍याएर नाता टुटाएर...
मेरो लास मर्स्यांग्दीको तीरमा पुर्‍याएर...
(गयौ तिमी हामी बिचको नाता टुटाएर...

All songs of Nisha Deshar

If you are looking for other songs of Nisha Deshar than listed above, please submit your song request in our Nepali songs page of Facebook.