Nepali song "suruwat garne timi (शुरुवात गर्ने तिमी)" by "Navraj Basnet"

Nepali song of Navraj Basnet
Artist/Singer: Navraj Basnet (नवराज बस्नेत)
Album: Chesmistry
Genre: Pop
Posted on: 01st March, 2013
Public views: 947 times
Lyrics: Available
Rating: (2 Votes)
(शुरुवात गर्ने तिमी अन्त्य पनि तिमी )२
मेरो माया पोको पारि फाल्ने पनि तिमी
(मलाई जलाई खित्का मारी हाँस्ने पनि तिमी )२
किन गर्‍यौ घात मलाई किन दिनु साथ
छाडी जानु थियो त किन थाम्यौ हात
(आज राम्रो पाए पछि मार्‍यौ मलाई लात )३
(जता हावा त्यतै चल्ने रहेछौ पिपल पात )२

(जिन्दगीको जुनै पलमा तिमीलाई रोज्छु भन्थ्यौ
तिम्रो माया पाएँ भने संसार भुल्छु भन्थ्यौ )२
(रुदैं कसम भन्ने गर्थ्यौ टाढि जान्न भनि )२
(पापी रैछे निस्ठुरी त गई सबै तोडी )२

(एउटै मन धेरैसंग किन तिमीले साट्यौ
तिम्रै निम्ति मरि मेट्थे किन मलाई ढाँट्यौ )२
(माया गर्ने मुटुलाई आखिर चिरा पार्‍यौ )२
(यताको घर भत्के पछि उता डेरा सार्‍यौ )२
@ npsongs.com
किन गर्‍यौ मलाई घात किन दिनु साथ
छाडी जानु थियो त किन थाम्यौ हात
(आफ्नो खुशी पाए पछि दियौ मलाई दाग )२

All songs of Navraj Basnet

If you are looking for other songs of Navraj Basnet than listed above, please submit your song request in our Nepali songs page of Facebook.