Nepali song "aashu jhari pakhale ni (आँशु झारी पखाले नि)" by "Milan Amatya"

Nepali song of Milan Amatya
Artist/Singer: Milan Amatya (मिलन अमात्य)
Album: Bhagya
Musician: Abid
Lyricist: Surendra Maharjan
Genre: Pop, Sentimental
Posted on: 26th February, 2014
Public views: 864 times
Lyrics: Available
Rating: (5 Votes)
(आँशु झारी पखाले नि परेलीमा छाँया )२
(भूल्न खोज्दा मुटु दुख्ने कस्तो रहेछ माया )२
आँशु झारी पखाले नि परेलीमा छाँया...

(पल-पल मिठा मिठा कल्पनामै बाँचे )२
(अरुलाई देखाउन पनि सधैं हाँसे )२
(त्यहि साथ छाँया बनि घुम्छ दाँया-बाँया )२
(भूल्न खोज्दा मुटु दुख्ने कस्तो रहेछ माया )२
आँशु झारी पखाले नि परेलीमा छायाँ...

(तिमीलाई कहिले पनि मेरो याद नआओस् )२
(मेरो आँशुसँगै तिम्रो याद बगि जाओस्
(झझल्कोले बाटो छेक्छ पुगे पनि जहाँ )२
(भूल्न खोज्दा मुटु दुख्ने कस्तो रहेछ माया )२
आँशु झारी पखाले नि परेलीमा छायाँ...