Nepali song "kina ki maya garchu (किन कि म माया गर्छु)" by "Jabeek KC"

Nepali song of Jabeek KC
Artist/Singer: Jabeek KC (जबीक केसी)
Genre: Pop
Posted on: 13th April, 2013
Public views: 1089 times
Lyrics: Available
Rating: (2 Votes)
के सुन के चाँदी
न हिरा न मोती
चाहिंदैन केहि मलाई
तिमी नै एक मेरो
अनमोल साथी
के दिन के राती
न साँझ न बिहनी
खोज्दैन केहि यो मन
तिमी नै सर्व मेरो
तिमी नै माथि

मेरो भगवन मेरो मन्दिर
मेरो पूजा मनको थिर
पाउँछु सबै तिमी मै
अन्त जाऊँ कहाँ केका लागि
अपूर्ण म तिमीले पूर्ण
कृपा यति गरिदेऊ बिन्ति मलाई
(किन कि म माया गर्छु तिमीलाई.....)४

(तिमी साथ हुदाँको औंशी
पूर्णिमा झैं लाग्छ
तिमी बिनाको स्वर्गमा पनि
छैन कुनै चाख )२
तिमी बिनाका हरेक सपना
अधुरा अपुरा देख्छु
भबिष्यको प्रत्येक सोचमा
पाईलै पिच्छे भेट्छु
के बैध के झाँक्री
न ओखती जडिबुटि
@ npsongs.com
छुदैंन केहिले मलाई
नजर पाए निको हुन्छ
हर मेरा चोटहरु
अपूर्ण म तिमीले पूर्ण
कृपा यति गरिदेऊ बिन्ति मलाई
(किन कि म माया गर्छु तिमीलाई......)४